8 years ago
August 22, 2017
दिपेन्द्र पोखरेल
ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो ।
भुटान पनि यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । अब बंगलादेशले समूह ‘बी’ को उपविजेता (नेपाल र भारत मध्ये एक) सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । भुटानविरुद्ध पहिलो हाफमा १–० अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा दुई गोल थपेको थियो ।
दोस्रो हाफका दुवै गोल मोहम्मद मिराज मोलाले गरेका थिए । पहिलो गोल भने २५ औं मिनेटमा मोहम्मद फोयसल अहमद फिहिमले गरेका थिए । उनले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । त्यसअघि अग्रता लिने मौका बंगलादेशले गुमाएको थियो । पहिलो हाफको इन्जुरी समयमा पनि बंगलादेशले थप गोलको प्रयास गर्यो तर बल बारमा लागेर फर्कियो।
५२ औं मिनेटमा मिराजले टोलीका लागि दोस्रो गोल गरेका थिए । मोहम्मद मिनहाजुल करिम सदिनको क्रसमा मिराजले गोल गरेका हुन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा मिराजले अर्को गोल थप्दै टोलीको जितलाई थप सहज बनाए । च्याम्पियनसिपमा भोली आयोजक नेपाल र भारतबीच समूह ‘बी’ को विजेताका लागि प्रतिस्पर्धा हुनेछ । ‘बी’ को विजेताले अन्तिम दुई प्रवेशका लागि भुटानको सामना गर्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]