8 years ago
August 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा फुटबल टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टोलीको वास्तविक प्रदर्शन भारतविरुद्ध देखिने बताएका छन् । पहिलो खेलमा माल्दिभ्सलाई सोमबार ६–० ले हराएपछि श्रेष्ठले भारतसँगको खेलमा कमजोरीलाई सुधारिने विश्वास व्यक्त गरेका छन् ।
‘नेपालको वास्तविक स्तरको खेल भारतसँग देखिनेछ । माल्दिभ्सले पूर्ण रक्षात्मक खेल खेलेकोले हामीले त्यसको प्रत्युत्तरमा दोस्रो हाफमा राम्रो प्रदर्शन गर्यौं ,’ उनले भने,‘हामीले मालिभ्सलाई भारतले भन्दा धेरै गोल गर्ने लक्ष्य लिएकोले खेलाडीलाई दबाब परेया् । धेरै गोल गर्दै समूह विजेता हुने लक्ष्य थियो तर प्रयास गरेपनि सफल भएनौ ।’
उनले आफ्नो खेलाडीलाई रेफ्रीले दोहोरो पहेलो कार्ड दिएकोमा गुनासो गरे । ‘उमेर समूहको खेलमा रातो कार्ड पाउनुलाई हामीले राम्रो मानेको छैनौ,’ उनले भने,‘मैले रेफ्रीको निर्णय प्रति असहमति जनाएको हैन तर रोशनको दोस्रो पहेलो कार्ड दिदै पर्ने जस्तो लाग्दैन । ’ श्रेष्ठले माल्दिभ्सविरुद्ध फिनिसिङमा केही समस्या रहेको उल्लेख गर्दै भारतसँग रक्षापक्तिमा सुधार गर्नुपर्ने बताए ।
उनले योजना सुनाए ‘हामीले डिफेन्ससँगै फिनिसिङमा पनि सुधार्ने ठाउँ देख्छु । भारतसँगको खेलमा आज जस्तै धेरै मौका नपाउने भएकोले पाएजति मौकाको सदुपयोग गर्न जरुरी छ ।’ माल्दिभ्सविरुद्ध धेरै गोल गर्ने योजना राख्दा रक्षापक्तिले पोजिसन छाडेर अघि बढेकाले भारतसँग त्यहि गल्ति दोहोराउन नहुने श्रेष्ठ बताउँछन् ।
भारत नेपालभन्दा बलियो– माल्दिभ्स प्रशिक्षक
माल्दिभ्सका प्रशिक्षक मोहमद साजलीले मौका पाएर पनि आफ्नो टोली गोल गर्नबाट चुकेको बताए । ‘हाम्रो खेलाडीले पनि गोल गर्ने मौका पाएका हुन् । तर, उपयोग गर्न सकेनन्,’ उनले भने,‘ सेमिफाइनल पुगेका टोली मध्ये भारत नेपालभन्दा बलियो छ । भारती खेलाडी शारीरिक रुपमा पनि बलिया छन् । उनीहरु १५ बर्ष मुनिका लाग्दैनन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]