8 years ago
August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ ।
तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद
यसअघि माल्दिभ्सलाई ९–० ले हराएको भारत पनि समूह ‘बी’ बाट अन्तिम चारमा पुगेको छ । नेपाल भारतबीच हुने खेलले समूहको विजेताको छिनोफाने लगाउनेछ । नेपालले सुरुआत देखि खेल नियन्त्रणमा राखेपनि खेलको छैटौं मिनेटमा भने माल्दिभ्सले गोल गर्ने अवसर पाएको थियो, तर टोली त्यसमा चुक्यो । सञ्जिव अर्यालले गोलकिपर विशाल सुनारलाई दिएको पासमा माल्दिभ्सका इब्राहिम इमरानले अवसर पाएपनि उनको फितलो प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।
ब्रिजेश चौधरीको हेड गोलमार्फत नेपालले १३ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । दर्शन गुरुङको पासलाई करिब १५ यार्डबाट हेड ब्रिजेश माल्दिभ्सका गोलकिपर मोहम्मद रैफ अब्दुल्लार्लाइ नाघ्दै गोलमा परिणत भएको थियो । २१ औं मिनेटमा नेपालले गोलअन्तरलाई दोब्बर पारेको थियो । रञ्जन पुनको पासलाई पोस्टको दायाँ बाट दर्शनले पहिलो बारमा गोल गरे ।
घरेलु टोलीका लागि कप्तान रोशन राना मगरले पेनाल्टीमा तेस्रो गोल गरे । दर्शनले बल ड्राइभ गर्दा विपक्षी मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रोशनले गोल गरेका हुन् । उनले पोष्टको बायाँतर्फ गरेको प्रहारलाई विपक्षी गोलकिपरले रोक्ने प्रयास त गरे त सफल भएनन् ।
रञ्जन पुनको सट्टा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका आकाशले आकाशले ४५ औं मिनेटमा चौथो गोल गरे । माल्दिभ्सका खेलाडकिो फितलो क्लियर आकाशको खुट्टामा परेपछि उनले फार पोस्टमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा माल्दिभ्सले गोल फर्काउने अवसर पायो तर सफल भएन । अहमेद रासलाह हमेदको प्रहार पोष्टमा लागेर बाहिरियो ।
पहिलो हाफमा ४–० ले अगाडि रहेको घरेलु टोलीले दोस्रो हाफको सुरुवातमा गोल गरेको थियो । ४७ औं मिनेटमा आकाशको प्रहार विपक्षी गोलकिपरले राकेपछि रिबाउन्डमा रोशनले गोल थपे । ५६ औं मिनेटमा माल्दिभ्सले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । दीपक भण्डाराले गोलकिपर विशाललाई दिएको ब्याक पास माल्दिभ्सका इब्राहिमले पाएपनि उनले बक्सबाट गरेको प्रहार टप कर्नर नजिकबाट बाहिरियो ।
ब्रिजेशले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि छैटौं गोल गरे । ब्रिजेशले २० यार्डबाट गरेको उत्कृष्ट प्राहर पोस्टको टप कर्नरबाट गोलमा परिणत भयो । खेल सकिन दुई मिनेट बाँकी रहँदा रोशन दोङले दोस्रो पहेलो कार्डको सामना गर्दै बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।
अहमेद समाहलाई काउन्टर एट्याकमा रोक्ने क्रममा फाउल हानेपछि रोशनले दोस्रो कार्ड पाएका थिए । समूहको अन्तिम खेलमा बुधबार नेपालले भारतको सामना गर्नेछ । अर्को समूहबाट बंगलादेश र भुटान अन्तिम चारमा पुगिसकेका छन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]