8 years ago
August 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० ले अगाडी छ । नेपालका लागि बिर्जेश चौधरी , दर्शन गुरुङ , कप्तान रोशन राना मगर र आकास बुढा मगरले गोल गरे ।
समूह ‘बी’ मा पहिलो खेल खेलेको नेपालले सुरुवात देखि खेलमा कब्जा जमाएपनि छैटौ मिनेटमा माल्दिभ्स गोल गर्नबाट चुक्यो । सन्जिब अर्यालले गोलरक्षक बिशाल सुनारलाई दिएको पासमा मल्सिभ्सका इब्राहिम इमरानले अवसर पाएपनि उनको फितलो प्रहार पोस्टबाट बाहिरियो ।
नेपालले १३ औं मिनेटमा बिर्जेश चौधरीको हेड मार्फत अग्रता लियो । दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै बिर्जेशले माल्दिभ्सका किपर मोहम्मद रैफ अब्दुल्लाको माथिबाट गोल गर्न सफल भए । नेपालले २१ मिनेटमा अग्रता दोब्बर गर्यो । रन्जन पुनको पासलाई पोस्टको दायाँ बाट नियर पोस्टमा प्रहार गर्दै दर्शनले गोल गरे ।
त्यस्तै नेपालले कप्तान रोशन राना मगरको पेनाल्टीमा तेस्रो गोल गर्यो । दर्शनले बल ड्राइभ गर्दा माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रोशनले गोलमा परिणत गरेका थिए । उनले पोस्टको बायातर्फा प्रहार गर्दा माल्दिभ्सको किपरले बलको दिशामा डाइभ गरेपनि रोक्न सकेनन ।
गोल कर्ता रन्जन पुनलाई ३२ मिनेटमा स्तानतरण गर्दै मैदान प्रवेश गरेका आकाशले ४५ मिनेटमा चौथो गोल गरे । माल्दिभ्सका डिफेन्डरले बक्सबाट गरेको फितलो क्लियर आकाशको खुट्टामा परेपछि उनले फार पोस्टमा गोल गर्न सफल भए । माल्दिभ्सले पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्ने अवसर पाएपनि अहमेद रासलाह हमेदको प्रहार पोस्टमा लागेर बाहिरियो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]