default_image

8 years ago

August 21, 2017

जापानबाट फर्केको फुटबल टोलीले बिहिबारबाट प्रशिक्षण पुन: सुरु गर्ने

67 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमाबाट हिजो राती स्वदेश फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ । हिजो बिहान जापानबाट उडेको नेपाली टोली हङकङ हुँदै हिजो राती काठमाडौं आइपुगेको हो । एएफसी एसियन कप छनोट चरण अन्तर्गत भदौ २० गते ताजिकिस्तानसँगको खेलको तयारीका लागि नेपाली टोली जापान पुगेको थियो ।

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पाँच मैत्रीपूर्ण खेल मध्य १ मा जित, १ मा बराबरी गरेको थियो भने ३ खेलमा पराजित भयो।

भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा नेपालले अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 17, 2025

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]

March 17, 2025

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]

Success

Thank you for your time.