8 years ago
August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा जारी साफ यू १५ च्याम्पियनसिपमा आयोजक नेपालले आज पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको चौथो दिनमा नेपालले एन्फा स्थित टेक्निकल मैदानमा माल्दिभ्सको सामना गर्नेछ ।
माल्दिभ्स पहिलो खेलमा भरातसँग ९–० ले पराजित भइसकेकोले आजको खेलमा नेपाल विजयी भए अन्तिम खेलअघि नै युवा टोली सेमिफाइनल पुग्नेछ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् । साविक विजेता बंगलादेश र भुटान समूह ‘ए’ बाट अन्तिम चारमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरी सकेको छ ।
घरेलु समर्थकका बीच नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटो स्थित एस्ट्रो टर्फमा नियमित प्रशिक्षण गर्दै आएको नेपाली युवा टोलीमा सोही मैदानमा उपाधि जित्ने अवसर पनि छ । पछिल्लो तीन संस्करण यू १६ उमेर समूहमा हुँदा सबैमा नेपाल कम्तिमा सेमिफाइनल पुगेको छ । हेमन्त थापा मगरको कप्तानीमा रहेको टोली सन् २०१३ मा दशरथ रंगशालामा फाइनल सम्म पुगेको थियो । जहाँ नेपाली टोलीले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
पहिलो खेलमा भारतसँग ९–० ले पराजित भएपछि माल्दिभ्सका प्रशिक्षक मोहमद साजलीले नेपालसँगको खेल कठिन हुने स्वीकारेका थिए । समुन्द्र सतहमा खेल्ने अनुभव रहेको माल्दिभ्सका युवामा फिटनेसको समस्या देखिएको छ । भारतसँगको खेलमा माल्दिभ्सका कप्तान लगायत ४ खेलाडी घाइते भएका थिए ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न माल्दिभ्सले कम्तीमा बराबरी खेल्नु पर्ने हुन्छ । माल्दिभ्स पराजित भएमा भारत र नेपाल एकअर्कोको सामना गर्नुअघि नै अन्तिम चारमा पुग्नेछन् । त्यस्तो अवस्थामा नेपाल र भारतबीचको खेल समूह विजेताको टुंगो लगाउनका लागि मात्र हुनेछ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]