default_image

8 years ago

August 20, 2017

साफ यू-१५ : भुटान सेमिफाइनलमा

80 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो खेल खेलेको भुटानले श्रीलंकालाई ६-० ले हराएको हो ।

bhutan

प्रतियोगितामा दोस्रो पराजय भोगेको श्रीलंकाले खेलको सुरुवातमा आफ्नो कप्तानलाई गुमायो । पाचौ मिनटमा चोट बोक्दै जिवाका चमोदले मैदान छाड्न पर्यो । भुटानले ८ औं मिनेटमा दोर्जी खान्दोको गोलमा अग्रता लियो । करिब ८ यार्डबाट गोल गरेपछि उनले पोर्चुगेली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलिब्रेट गरे । भुटानले दोर्जी खान्दोको गोलमा २४ औं  मिनेटमा अग्रता दोब्बर गर्यो । किन्गा वाङ्गचुकले ३१ औं मिनेटमा ८ यार्डको बक्सबाट गोल गर्दै भुटानको अग्रता बढाए । खान्दोले ३५ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फ़र्किएपछि ह्याट्रिक गर्ने अवसर गुमाए ।  भुटानका क्लेजाङ्ग दोर्जीले ३ मिनेटमा दुइ गोल गर्दै भुटानलाई पहिलो हाफको अन्त्यसम्म ५-० को अग्रता दिलाए । उनले ४३ औं मिनेटमा र अतिरिक्त समयमा गोल गरेका थिए ।

भुटानले दोस्रो हाफमा पनि निरन्तर दबाब दिएपनि १ गोल मात्र गर्यो । खेलको अन्तिम मिनेटमा शेरुब दोर्जीले प्राहर गरेको कर्नरलाई सिद्धार्थ गुरुङले जालीको दिशा दिए।

भुटानको जितसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने बंगलादेशको पनि अन्तिम चारमा स्थान पक्का भएको छ । मंगलबार हुने भुटान र बंगलादेश बीचको नतिजाले समूह ‘ए’ को बिजेताको टुंगो लगाउने छ । भोलिको खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्ने छ । माल्दिभ्ससँगको जितले नेपाललाई अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.