8 years ago
August 19, 2017
लिभरपुल (एजेन्सी)– साडियो मानेले एक मात्र गोल गरेपछि लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको यो पहिलो जित हो । दोस्रो खेलमा १ –० को जित हासिल गरेको लिभरपुलले पहिलो खेलमा बराबरी खेलेको थियो ।
७३ औं मिनेटमा मानेले गरेको गोल नै खेलको निर्णायक बन्यो र लिभरपुलले २ खेलमा ४ अंक जोड्यो । लिभरपुलका लागि एन्ड्रियू रोर्बेटसनलेले सुरुआतमा राम्रो मौका पाएका थिए । उनले पनि पटक टोलीबाट पहिलो रोजाइमा पर्ने अवसर पाएका थिए ।
शनिबारको लागि गरिएको पाँच खेलाडीको परिवर्तनमा उनी एक हुन् । लिभरपुलले गोल गर्नुअघि प्यालेसले पनि केही मौका पाएको थियो । परिवर्तित डोमिनिक सोलान्के र मोहम्मद साहलले पनि मौका पाएर पनि गोल गर्न सकेनन् ।
प्रिमियर लिगमा शनिबार अन्य खेलका नतिजा
स्वान्सी सिटी ० – ४ म्यानचेस्टर युनाइटेड
बोर्नमाउथ ० – २ वार्टफोड
बनर्ली ० – १ वेस्ट ब्रुमविच
लेस्टर सिटी २– ० ब्रिगटोन एन्ड होभ अल्बियोन
साउथह्याप्टन ३–२ वेस्ट ह्याम युनाइटेड
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]