7 years ago
August 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकाको सामना गर्दै छ । समूह ‘ए’ को खेलमा श्रीलंकालाई जित्न पर्ने दबाब छ । बराबरी भएको खण्डमा श्रीलंकाले भुटानको अन्तिम खेलको नतिजा कुर्नु पर्ने हुन्छ।
पहिलो खेलमा साविक विजेता बंगलादेशसँग ४-० ले पराजित भएपछि सेमिफाइनलमा स्थान बनाउन श्रीलंकालाई जितको आवश्यकता छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा भुटानलाई अन्तिम चारमा पुग्न जित काफी हुनेछ ।
अघिल्लो संस्करणसम्म यू-१६ उमेर समूहमा खेलाइने यस प्रतियोगितामा दुवै टोलीको अनुभव राम्रो छैन । भुटान र श्रीलंका दुवैले समूह चरण पार गरेका छैनन् । पहिलो पटक २०१३ मा सहभागिता जनाएको भुटानले अघिल्लो पटक यस प्रतियोगितामा भाग लिएन । श्रीलंकाले भने २०११ देखि हरेक पटक सहभागिता जनाएपनि समूह चरण पार गर्न सकेको छैन ।
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ । जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको […]