default_image

8 years ago

August 19, 2017

साफ यू-१५ : पहिलो खेलमा भारतको सहज जित

88 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे ।

ravi bahadur rana

भारतका रभी बहादुर राणा बल अघि बढाउदै । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद

खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको भारतले २०औं मीनेटमा रभीको गोलमा अग्रता लिएको हो । उनले बिकी ओरामको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसको २ मिनेट पछि माल्दिभ्सको आत्मघाती गोलमा भारतको अग्रता दोब्बर भएको थियो । रभीले २६ औं मिनेटमा समिर केर्केट्टाको क्रसलाई करिब ६ यार्डबाट हाफ भली प्रहार गर्दै गोल गरे । त्यस्तै भारतले ४१ औं मिनेटमा कर्नर मार्फत चौथो गोल गर्यो।बिकीले प्रहार गरेको कर्नरमा मोइरङथेम थोइबा सिंहले हेडर मार्फत गोल गरे ।

struggle

माल्दिभ्सको टोलीमा फिटनेसको समस्या देखिएको थियो ।

दोस्रो हाफको सुरुवाती तीन मिनेटमा रभीले ह्याट्रिक पुरा गरे । गिभ्सन सिंह मोइरङथेमले करिब २२ यार्डबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक मोहमद राइफ अब्दुल्लाले रोकेपनि रिबाउन्डमा रभीले सहजै ट्याप गर्दै ह्याट्रिक पुरा गरे । भारतका लागि रिकी जोन साबोंगले ५७ औं मिनेटमा थप गोल गरे । बिकीको ८ यार्ड बक्स नजिकको क्रसलाई रिकीले सजहै ट्याप गरेका हुन् ।

त्यस्तै भारतका कप्तान विक्रम प्रताप सिंहले ७१ औं मिनेटमा गुर्किरत सिंहको क्रममा हेड मार्फत सातौं गोल गरे । भारतकालागि ८१ औं मिनेटमा लालरोकिमाले २२ यार्डबाट उत्कृष्ट गोल गर्दै आठौं गोल दिलाए भने ८८ मिनेटमा अर्को आत्मघाती गोलसँगै भारत ९-० को बलियो अन्तरले जित्न सफल भयो।

नेपाल सहित रहेको समूह ‘बी’ को अर्को खेलमा सोमबार माल्दिभ्स र आयोजक नेपाल भिड्ने छन् । त्यस्तै बुधबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.