7 years ago
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए।
नेपालको राष्ट्रिय टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो भने शुक्रबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो।
एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले आज लगातार चौथो खेल खेलेको हो । पहिलो खेलमा साउन २९ गते गाम्बा ओसाका यू २३ टोलीसँग १–१ को बराबरी गरेयता आज लगातार चौथो खेल हो । ओसाका यू २३ सँगको दुई दिनपछिको खेलमा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएपछि त्यसपछिका दुई खेलमा नेपालले लज्जास्पद हारको सामना गर्नु परेको थियो ।
जापानको क्षेत्रीय टोली अमिट्सि स्पोर्टस क्लबसँग दोस्रो रोजाईको खेलाडीलाई मौका दिएको टोलीले ५–० को हार चाखेको थियो । तर लगतै भोली पल्ट शुक्रबारको खेलमा पनि अघिल्लो दिनकै नतिजाले निरन्तरता पाएको थियो । हनाम विश्वविद्यालयको खेल नेपालले ६–० ले गुमाएको थियो ।
पहिलो खेलमा नवयुगको गोलले बराबरी गरेको नेपाली टोलीका लागि दोस्रो खेलमा विमल घर्ति मगर र सुमन लामाले गोल गरे । नेपालले पाँच खेलमा जम्मा जम्मी ५ गोल गर्यो भने १७ गोल खाएको छ । पछिल्ला तीन खेलमा मात्र नेपालले १५ गोलको सामना गर्दा तीन गोल मात्र फर्काउन सक्यो ।
नेपालले भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपालले घरेलु मैदानमा अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानको सामना गर्नेछ ।
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ । जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको […]