default_image

8 years ago

August 19, 2017

साफ यू १५ : नेपालको समूहका भारत र माल्दिभ्स भिड्दै

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो दिन आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक समूह ‘बी’ नेपाल पनि रहेको छ । समूह ‘ए’ मा बंगलादेश , श्रीलंका र भुटान छन् ।

India maldives

बंगलादेशमा सम्पन्न अघिल्लो संस्करणको उप विजेता भारतले तीनै पटक फाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक सन् २०११ मा नेपालमा भएको प्रतियोगिताको फाइनलमा पाकिस्तानसँग २–१ ले पराजित भारतले दोस्रो संस्करणमा घरेलु टोली नेपाललाई १–० ले हराउदै उपाधि जितेको थियो ।

अघिल्लो पटक भने बंगलादेशसँग १–१ को बराबरी पछि भारत टाइ ब्रेकरमा ४–२ ले पराजित हुदै उप विजेतामा सिमित भएको थियो । अघिल्लो तीन संस्करण यू १६ उमेर समूहमा हुने प्रतियोगिता यसपटक सेप्टेम्बरमा हुने एफिसी यू १६ प्रतियोगितालाई मध्यनजर गर्दै यू १५ मा गरिएको हो ।

माल्दिभ्सका प्रशिक्षकले प्रतियोगितामा राम्रो खेल्ने प्रयास गर्दै सेमिफाइनलसम्म पुग्ने लक्ष्य लिएका छन् । कृतिम मैदानमा खेल्ने बानी परेकाले माल्दिभ्सलाई एन्फाको मैदानमा केहि सहज हुने उनी मान्दछन् । त्यस्तै भारतीय प्रशिक्षकले पनि आफ्नु टोली टर्फमा खेल्दै आएको बताएका छन् । उनका अनुसार भारतीय टोली करिब १ वर्ष देखि प्रशिक्षणमा छ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार बंगलादेशले श्रीलंका विरुद्ध ४–० ले हराएको थियो । बंगलादेशका लागि अहमद फहिमले ह्याट्रिक गरेका थिए ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.