default_image

8 years ago

August 19, 2017

नेपाली टोलीले जापान यात्रा विट मार्दै, आज अन्तिम मैत्रीपूण खेल

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई खेमा लज्जास्पद हार बेहोरेको नेपाली फुटबल टोलीले शनिबार भिसेल कोबेको यू १८ सँग मैत्रीपूर्ण खेल्दै जापान यात्राको अन्त्य गर्दैछ । नेपाली टोलीको आजको खेल पाँचौ तथा अन्तिम हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । भिसेल कोबेको पहिलो टोली जापनिज लिगको शीर्ष श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ । 

Anjan Bista and Bikram Lama

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले शनिबार लगातार चौथो खेल खेल्दै छ । पहिलो खेलमा साउन २९ गते गाम्बा ओसाका यू २३ टोलीसँग १–१ को बराबरी गरेयता भोली लगातार चौथो खेल खेल्नेछ । ओसाका यू २३ सँगको दुई दिनपछिको खेलमा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएपछि त्यसपछिका दुई खेलमा नेपालले लज्जास्पद हारको सामना गर्नु परेको थियो ।

जापानको क्षेत्रीय टोली अमिट्सि स्पोर्टस क्लबसँग दोस्रो रोजाईको खेलाडीलाई मौका दिएको टोलीले ५–० को हार चाखेको थियो । तर लगतै भोली पल्ट शुक्रबारको खेलमा पनि अघिल्लो दिनकै नतिजाले निरन्तरता पाएको थियो । हनाम विश्वविद्यालयको खेल नेपालले ६–० ले गुमाएको थियो ।

पहिलो खेलमा नवयुगको गोलले बराबरी गरेको नेपाली टोलीका लागि दोस्रो खेलमा विमल घर्ति मगर र सुमन लामाले गोल गरे । नेपालले चार खेलमा जम्मा जम्मी ३ गोल गर्यो भने १३ गोल खाइसकेको छ । पछिल्ला दुई खेलमा मात्र नेपालले ११ गोलको सामना गर्दा एक गोल फर्काउन सकेन । पाँचौं तथा अन्तिम खेलमा सफल नतिजासहित नेपाल यात्राको अन्त्य गर्ने प्रयासमा भने पक्कै हुनेछ ।

नेपालले भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपालले घरेलु मैदानमा अंक तालिकाको पुछारमा रहेको ताजकिस्तानको सामना गर्नेछ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.