8 years ago
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि नेपाली टोली जापान पुगेको हो । सुरुआती दुई खेलमध्ये एक खेलमा बराबरी गरेको नेपालले अर्कोमा जित दर्ता गरेको थियो । यसअघिको तीन खेलमा नेपालले एक बराबरी, एक जित र एक खेलमा हारेको सामना गरेको छ । पहिलो खेलमा गाम्बा ओसाका यू २३ सँग आइतबार १–१ को बराबरी गरेको नेपाली टोलीले बुधबार क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएको थियो ।
पहिलो खेलमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए । दोस्रो खेलमा नेपालले विमल घर्ती मगर र सुमन लामाको गोलमा जित निकालेको थियो । शनिबार नेपाली टोलीले बिहिबार भने तेस्रो खेलमा लज्जास्पद हार बेहोरेको थियो । नेपालले शनिबार पाँचौं तथा अन्तिम मैत्रीपूर्ण खेलमा भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]