default_image

8 years ago

August 18, 2017

यू–१५ साफ च्याम्पियनसिपमा बंगलादेश र श्रीलंका खेल्दै

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ ।

Bangladesh vs Sri Lanka

खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । सन् २०१५ मा साफ जित्दाको खेलाडीहरु अहिलेको टिममा नभएपनि टोलीले राम्रो खेल्ने बंगलादेशका प्रशिक्षक मुस्ताफा परभेजले १ महिनाको तयारीले टिम प्रतियोगिताको लागि तयार रहेको र उपाधि रक्षा गर्ने अभियानमा प्रयासरत रहने बताए । यस्तै भुटानका प्रशिक्षकले गत मार्चबाट टिमले एकेडेमीमै रहेर प्रशिक्षण गरेका कारण टिमले राम्रो प्रदर्शन गर्ने बताए ।

यता श्रीलंकन टिमका जापनिज प्रशिक्षक सुजुकी चिकासले प्रतियोगिताको लागि तयार रहेको बताए । ‘हामीले जम्मा दुई हप्ताको प्रशिक्षण गरेका छौं । यो प्रतियोगिताको लागि पर्याप्त समय होइन । तैपनि टिम प्रतियोगिताको लागि तयार छ ।’ प्रशिक्षक सुजुकीले भने, ‘खेलाडीहरु खुल्ला छनोटबाट छनोट गरेका छौं । आशा छ टिमले राम्रो प्रदर्शन गर्नेछ ।’

प्रतियोगितामा समूह ‘बी’ मा रहेको आयोजक नेपालले भदौ ५ गते माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शरुवात गर्नेछ । समूह चरणको दोस्रो खेलमा नेपालले भदौं ७ गते चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग खेल्नेछ । प्रतियोगिताको लागि बिहिबारै २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली टिमको कप्तानी रोशन थापामगरले गर्नेछन् । नियमित कप्तान पुथ्वी चौधरी चोटका कारण टिमबाट बाहिर छन् ।

प्रतियोगितामा ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि यु–१६ साफ च्याम्पियनसिप हुदै आएकोमा यस पटकदेखि यु–१५ साफ च्याम्पियनसिपको आयोजना गरेको हो ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.