default_image

8 years ago

August 17, 2017

साफका लागि नेपाली यू-१५ टोली घोषणा

120 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् ।

Roshan Rana Magar

युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन्

युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी र रन्जन पुन रहेका छन् ।

अन्जल महर्जन, अहसिम गुरुङ, दर्शन गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ टोलीमा अटाएका छन् ।

टोलीको गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम म्यानेजरमा रविन्द्र जोशी, टिम अफिसियलमा अच्युतराज घिमिरे र फिजियोमा राजु दाहाल रहेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.