default_image

8 years ago

August 17, 2017

स्वारेजले ला लिगाको पहिलो खेल गुमाउन सक्ने

103 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो । 

खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले तीन खेलाडी परिवर्तन गरिसकेका थिए । जसका कारण स्वारेजले बाँकी समय खेल्न संघर्ष गर्नु परेको थियो ।

बार्सिलोनाले स्वारेजको चोटका विषयमा बिहीबार पुरा जानकारी आउने जनाएको छ । त्यसअघि जेरार्ड पिके पनि चोटका कारण ५५ औं मिनेटमा मैदानबाट बाहिरिन बाध्य भएका थिए । उनलाई नेल्सन सेमेन्डोले परिवर्तन गरेका थिए ।

रियलसँगको सुपर कपको पहिलो लेगमा ३–१ र दोस्रो खेल २–० ले गुमाएको बार्सिलोना समग्रमा ५–१ ले पछि परेको थियो । बार्सिलोनाले आइतबार नयाँ सिजनको पहिलो खेलमा रियल बेट्सिको सामना गर्दैछ ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.