7 years ago
August 16, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा रेफ्रीलाई धकेलेपछि पाँच खेलका लागि रोनाल्डो प्रतिबन्धमा पर्दा दिएको अभिव्यक्तिका कारण रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान समस्यामा परेका छन् ।
रोनाल्डो प्रतिबन्धमा परेपछि मंगलबारको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तीका कारण स्पेनिस फुटबल संघले उनीमाथि कारबाही गर्नसक्ने भएको छ । स्पेनिस श्रोत मार्साका अनुसार जिदानमाथि रेफ्रीको टेक्निकल कमिटीले कारबाहीको माग गरेपछि कारबाही अघि बढेको छ ।
मंगलबारको पत्रकार सम्मेलनमा रियल म्याड्रिड प्रशिक्षक जिदानले रेफ्रीमाथी संकाको अभिप्राय दिएका थिए । ‘मैले रेफ्रीको निर्णय प्रति हस्तक्षेप गरको हैन , तर खेलमा के भएको थियो हेर्दा र रोनाल्डोले ५ खेल नखेल्ने भएको सम्झदा केहि गडबड हुनसक्छ । ‘ जिदानले बताएका थिए ।
मार्साको अनुसार स्पेनिस फुटबल संघले उनको विवरण नियाल्दै छ र उनलाई जरिवाना हुन सक्ने सम्भावना छ ।
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]