default_image

8 years ago

August 16, 2017

‘ए’ डिभिजन लिग मंसिर १४ गतेदेखि

81 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग ४ वर्षपछि आयोजना हुने भएको छ अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ। पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन। त्यसपछि २०७२मा नयाँ संरचनाको राष्ट्रिय लिगको भने आयोजना भएको थियो।

कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने ठोस निर्णय हुन सकेको छैन कार्यसमितिले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा ३ सदस्यीय कमिटि गठन गरेको छ। कार्यसमितिका सदस्यद्वय गणेश बहादुर चन्द र दिनेश ब्यन्जन्कार सम्मिलित उक्त कमिटिले १० दिनमा अध्यक्षसमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ।

उक्त प्रतिवेदन कार्यसमितिमा प्रस्तुत भएपछि विशेस साधारण सभामा निर्णयार्थ पेस गरिनेछ। एन्फाले विधान संसोधनका लागि असोज २३गते विशेष साधारण सभा गर्ने भएको छ। एन्फा चुनाव भने संसोधित विधान अनुसार पौष २३ गते हुने भएको छ।

अन्य निर्णयहरु:

  • एएफसी यू-१६ च्याम्पियनसिप २०१८को छनोटका लागि अनुमानित बजेट ८५ लाख ५१ हजार ६ सय रुपैयाँ लाग्ने बारेमा छलफल ।
  • एएफसी एसियन कप २०१९ छनोट चरण अन्तर्गत नेपालले आयोजना गर्ने खेलको लागि लाग्ने खर्चबारे छलफल गरेर बजेट पास गरिएको।
  • साफ र एएफसीको यू-१८ च्याम्पियनसिपमा सहभागितामा खर्च हुने २६ लाख ८९ हजार रुपैयाँबारे पनि बजेट पास गरिएको ।
  • एन्फा फुत्सल लिग र एएफसी फुत्सल च्याम्पियनसिप सहभागितामा लाग्ने सम्पूर्ण खर्च एन्फाले व्येहोर्ने ।
  • काठमाडौँ, नवलपरासी र मकवानपुरमा मिनी पिच बनाइने ।
  • एएफसी यू१५ गर्ल्स च्याम्पियनसिपमा सहभागिता जनाउने ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.