default_image

8 years ago

August 16, 2017

जापानमा नेपाली टोलीको जित

139 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो ।

खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए ।

त्यसअघि खेलको पहिलो हाफमा गोल गर्दै विमल घर्ति मगरले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफको १२ औं मिनेटमा विमलको गोलमा अग्रता लिएपनि २५औं मिनेटमा गाकुइनले बराबरी गोल गरेको थियो ।

एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।

नेपालले बिहिबार अमिटि स्पोर्टस क्लबको सामाना गर्ने छ। अमिटि जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने टोली हो। उक्त लिग जापानको लिग संरचना अनुसार पाँचौ श्रेणीको लिग हो ।

नेपालले खेल्ने सम्पूर्ण खेलको तालिका यहाँ हेर्नुहोस

२४ सदस्यीय भ्रमण टोलीमा राष्ट्रिय टोलीका दुई नियमित सदस्य गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने सहभागी छैनन्। किरण माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् । ताजकिस्तानसँगको खेलका लागि भने उनीहरु स्वदेश फर्कनेछन् ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.