default_image

7 years ago

August 16, 2017

डेम्वेले भित्र्याउन बार्सिलोनाको ९० मिलियन पाउण्डको प्रस्ताव

60 views

0 Bookmark

स्पेन (एजेन्सी)- ब्रजिलका सुपरस्टार नेयमारलाई विश्व कीर्तिमानी रकममा पिएसजीमा बेचेको स्पेनिस क्लब बार्सिलोनाले नेयमारको स्थान परिपुर्तिको लागि बोरुसिया डर्टमण्डका औसामाने डेम्वेलेलाई पुनः ९० मिलियन पाउण्डको प्रस्ताव राखेको छ ।
९० मिलियन पाउण्डमध्ये ३० मिलियन पाउण्ड डिम्वेलेको खेल प्रदर्शनको आधारमा बाँकी ६० मिलियन पाउण्ड उनको क्लज तोकिएको छ । यो प्रस्तावसँगै बार्सिलोनाले फ्रान्सका २० वर्षीय प्लेमेकर डेम्वेलेलाई क्लबमा अनुबन्ध गर्न सहमति नजिक पुगिसकेको स्पेनिस सञ्चार माध्यमहरुले जनाएका छन् ।फ्रान्सका मिडफिल्डर डेम्वेलेले अघिल्लो सिजन बोरुसिया डर्टमण्डका लागि ११ गोल गर्दै २० गोलको लागि पास मिलाएका थिए ।
नेयमारलाई बेचेपछि बार्सिलोना उनको स्थानमा खेल्न सक्ने खेलाडीको खोजीमा छ । बार्सिलोनाले लिभरपुलका ब्राजिली फिलिपे कौटिन्होलाई पनि प्रस्ताव गरेको थियो । तर, लिभरपुलले कौटिन्हो बिक्रीमा नरहेको बताइरहेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.