8 years ago
August 16, 2017
म्याड्रिड (एजेन्सी)– स्पेनिस सुपर कपको पहिलो लेग ३–१ ले गुमाएको बार्सिलोना र रियल म्याड्रिडबीच आज राती दोस्रो लेग हुँदैछ । सुपर कपको पहिलो लेग रियलका सुपरस्टार क्रिस्टियानो रोलाल्डोका लागि स्मरणीय रह्यो । उनले दुई मिनेटको फरकमा दुई पहेलो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो ।
२–१ ले टोलीलाई अग्रता दिलाएको खुसीयाली मनाउने क्रममा रोनाल्डोले जर्सी खोलेका कारण पहिलो पहलो कार्ड पाएका थिए भने सामुइल उमटिटीकोको ट्याकलका क्रममा डाइभिङ अर्को कार्ड दर्शक गर्नु परेको थियो । सुपर स्टार विना पनि रियल सिजन २०१७/१८ को दोस्रो उपाधिको निकट र हेको छ । केही दिनअघि मात्र म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि जितेको थियो । रोनाल्डो दोस्रो लेगमा नहुने भएपनि लुका मोड्रिचको पुनरागमनले रियल उत्साहित रहनेछ । सुपर कपको पहिलो लेगका लागि मोड्रिच प्रतिबन्धमा थिए ।
पहिलो लेगको घटनापछि रोनाल्डो भने पाँच खेलको प्रतिबन्धमा परेका छन् । टोलीमा नयाँ खेलाडी कोही चोटग्रस्त नभएकाले बार्सिलोनाले पहिलो लेगकै खेलाडीबाट खेलको सुरुआत गर्ने सम्भावना छ । २ गोलले पछि परेको बार्सिलोनाले आक्रामक रुपमा खेलको सुरुआत गर्ने अपेक्षा गरिएको छ । खेलेको सुरुआतमै गोलको खाता खोल्न सकेको खण्डमा बार्सिलोनाको खेलमा फर्कने सम्भावना रहन्छ । यद्दपी रियलको आक्रमण टोली चुस्त रहेकोले बार्सिलोनालाई सहज भने पक्कै हुने छैन ।
बार्सिलोनाविरुद्ध क्लिन सिट राख्न रियललाई पनि सधै कठिन हुने गरेको छ । तर जिनेदिन जिदानको प्रशिक्षणमा रहेको टोली विजयी मानसिकताका साथ उत्रनेछ । गत सिजन पनि उनको नेतृत्वमा रियलले च्याम्पियन्स लिग र ला लिगा दुवै उपाधि जितेको थियो । आजको खेलमा झिनोअन्तरको हारमा पनि रियलले यो सिजनको सुपर कप उचाल्ने छ । बार्सिलोनाले नतिजा उल्टाएर उपाधि जित्न कठिन रहेको विश्लेषकहरुको बुझाई छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]