8 years ago
August 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज दिउँसो दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ओसाकामा खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि नेपाली टोली जापान पुगेको हो । जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।
नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले घरलु मैदानमा जेठमा गोलरहित बराबरी खेलेको थियो । जापानमा ५ वटा अभ्यास खेलपछि टोली स्वदेश फर्कनेछ । स्वेदश फर्केपछि २३ खेलाडीको अन्तिम छनोट हुनेछ । जापान भ्रमणमा २४ टोली रहेका छन् ।
टोलीका दुई नियमित सदस्य गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने जापान भ्रमणमा छैनन् । किरण माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् । ताजकिस्तानसँगको खेलका लागि भने उनीहरु स्वदेश फर्कनेछन् ।
जापानमा प्रशिक्षणरत नेपाली टोली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ,
मिडफिल्डर – हेमन गुरुङ, अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर
प्रशिक्षक – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक), रोशन तुलाधर (दोभाषे)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]