8 years ago
August 16, 2017
च्याम्पियन्स लिग प्ले-अफ
होफेनहायम (एजेन्सी) – लिभरपुलले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा अग्रता लिएको छ । लिभरपुलले गएरातीको खेलमा घरेलु टोली होफेनहायमलाई २–१ ले हराएको छ ।
ट्रेन्ट एलेक्सजान्डर आर्नोल्डको गोलमा अग्रता लिएको लिभरपुलले हाभार्ड नोर्डभेटको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो । मार्क हुथले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई प्रतिस्पर्धामा राखेका थिए ।
क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको प्ले अफ खेलेको घरेलु टोलीले खेलमा राम्रो सुरुवात गरेपनि अग्रता लिने अवसर भने गुमाएको थियो । लिभरपुलको डिफेन्डर डेजान लोभ्रेनले ९ औ मिनेटमा पेनाल्टी बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई लेस्टर सिटीका पूर्व स्ट्राइकर एन्द्रेज क्रामारिकले सोझै सिमोन मिग्नोलेको हातमा प्रहार गरे ।
लिभरपुलले आर्नोल्डको उत्कृष्ट फ्रिकिक गोलमा ३५ औं मिनेटमा अग्रता लियो । नियमित राइट ब्याक नेथेनियल क्लाइनको अनुपस्थितिमा स्थान पाएका १८ वर्षीय आर्नोल्डले ढाडको चोटका कारण खेल्न नसकेका कौटिन्होको कमि महसुस हुन् दिएनन् । टोलीका लागि कौटिन्हो नियमित फ्रिकिक हान्ने खेलाडी हुन् ।
होफेनहायमले १ गोलले पछि परेपनि खेलमा पकड जमायो तर गोल भने गर्न सकेन । केही गोल गर्ने अवसरमा चुकेको घरेलु टोली ७४ औं मिनेटमा अर्को गोलको सामना गरेको थियो । लिभरपुलको कप्तान जोर्डन हेन्डरसनको स्थानमा मैदान प्रवेश गरेका जेम्स मिल्नरले मोहोमद सलाह तर्फ क्रस गरेको बल होफेनहायमका डिफेन्डर नोर्डभेटलाई ठोकिदै गोल हुन पुगेको थियो ।
उथले खेल सकिन तीन मिनेट बाँकी रहँदा गोल गरेपछि होफेनहायमले गोलअन्तर घटाउन सफल भएको थियो । उथले करिब १५ यार्डबाट गरेको शक्तिशाली प्रहारलाई रोक्न लिभरपुलका किपर मिग्नोलेले कुनै अवसर पाएनन् ।
च्याम्पियन्स लिग प्ले अफमा गएराती अन्य खेलका नतिजा
काराबाग १–० कोभेनहाम
एपोएल निकोसा २–० स्लाभिया प्रेग
स्पोर्टिङ्ग सीपी ०–० एफसी एफसीएसबि
यंग ब्याइज ०–१ सिएसकेए मस्काव
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]