8 years ago
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लिग फुटबलको मिति तय गर्न र रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा निर्णय लिन नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक आज फेरी बस्दैछ । साउन ११ गते सुरु भएको बैठक थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थागित भएको थियो । साउन १२ लाई बैठक सुरु गर्ने बताइएपनि बैठक सुरु नहुँदै सुचना टास गरे बैठक स्थगित भएको थियो ।
त्यसता पुनः १४ दिनको पूर्व सुचना गर्ने वैधानिक व्यवस्था अनुसार आजको लागि एन्फाले बैठक डाकेको थियो । यसअघि बैंठक जहाँ स्थगित भएको त्यहिबाट प्रारम्भ हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताएका थिए । एन्फा प्रवक्ता समेत रहेका तुलाधरले थ्री स्टारको विषय, लिगको मिति तय गर्ने लगायत सबै विषयमा निर्णय लिइने जनाएका छन् ।
गत बर्ष एन्फाको गल्तिका कारण छनोट भइसकेको थ्री स्टारले एएफसी कप खेल्न पाएन। त्यसको विरोधमा थ्री स्टारले दोषीमाथि कारवाहीसहित ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गरेको थियो। साथै थ्री स्टारले माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो। त्यसै अनुसार थ्री स्टारले आफ्नै अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित यू १८ प्रतियोगितामा समेत भाग लिएन।
लिग सञ्चालन र थ्री स्टारलाई दिने भनिएको क्षेतिपूर्तिका विषयमा कार्यसमितिमा एकमत छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत संलग्नतामा थ्री स्टारलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फाका केही जिम्मेवार पदाधिकारीले सहमति गरेपनि त्यसलाई कार्यसमितिबाट पास गर्न कठिनाई उत्पन्न हुने देखिएको छ । साउन ११ कोे बैठकका लागि एन्फाले महिला फुटबल, साफ यू १५ महिला फुटबल, उमेुर समूह, फुटसल प्रतियोगितामा सहभागिता र आयोजना, मिनी पिच र औषधि उपचार खर्चका विषयमा भने सहमति भइसकेको बताइएको छ ।
पदाधिकारीले नै गल्ती गर्नेलाई कुनै कारवाही नगरी एकतर्फी रुपमा क्षतिपूर्ति दिने मात्र सम्भव नहुने बताएपछि एन्फा बैठक स्थगित गर्न एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ बाध्य भएका थिए । साउन ११ गतेका लागि तय भएको एजेन्डामा पुरस्कारका विषय थपिएको सिइओ तुलाधरले जनाएका छन् ।
‘एन्फाले दिने पुरस्कार शरद चन्द शाह स्मृति, रुपक स्मृति र उत्कृष्ट खेलाडी अवार्डको प्रस्ताव थपेका छौं’ उनले भने, ‘अन्य सबै पुरानै एजेन्डा हुन् ।’ अब बस्ने बैठकले सबै विषयमा निर्णय गरेरअघि बढ्ने तुलाधरले बताए । ‘अब सधै अलमल गरेर हुन्न’ उनले भने, ‘सबै एउटै विषयमा अल्झदा फुटबल गतिविधिनै नहुने खतरा बढ्दै छ । अब सबै विषय टुंगाएर विशेष साधारण सभामा जानु पर्ने अवस्था छ । ’
थ्री स्टारका विषयमा दोषीमाथि कारवाही गर्नुपर्ने चर्को अवाज समेत उठेको एन्फा बैठकले क्षतिपूर्तिको विषयमा टुंगो लगाउन नसक्ने सम्भावना पनि त्यतिनै छ । एन्फाका एक सदस्यले क्षतिपूर्तिको विषय साधारण सभा सम्म जान सक्ने सम्भावना रहेको हाम्रो खेलकुद डटकमलाई बताए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]