default_image

8 years ago

August 15, 2017

साफ यू१५को सम्पूर्ण तयारी पुरा

122 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा यहि शुक्रबारदेखि साफ यू१५ च्याम्पियनसिप सुरु हुँदैछ। दक्षिण एसियाका ६ टोली सहभागी रहने प्रतियोगितामा २ समूह विभाजन गरेर लिग कम नकआउट पद्दतिमा खेलाइनेछ।

nepal-u15-national-team

आयोजक नेपालसँगै समूह ‘बी’मा भारत र माल्दिभ्स रहेका छन् भने समूह ‘ए’मा भुटान, बंगलादेश र श्रीलंका रहेका छन्। पछिल्लो पटक साफ यू१६ हुने गरेकोमा यसपटक भने एएफसी यू१६ प्रतियोगिताको तयारीका लागि साफ्ले यू१५ उमेर समूहलाई विशेष प्राथमिकतामा राखेको हो। प्रतियोगिताको एक सेमीफाइनल र तेश्रो स्थानको खेल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्समा खेलिनेछ। एक सेमिफाइनल र तेश्रो स्थानको खेल भने एपीएफको हल्चोक स्थित रंगशालामा खेलिनेछ।

प्रतियोगितामा आवश्यक पर्ने सम्पूर्ण अफिसियलहरु नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा खेल खेलाउने ८ रेफ्रीमध्य २ रेफ्री नेपालका रहेका छन्। नेपालबाट रेफ्री कबिन व्यन्जनकार र नानिराम थापाले प्रतियोगिताको खेल खेलाउनेछन्। सहभागी सबै टोलीका खेलाडीहरु बुधबार आउने कार्यक्रम रहेको छ।

प्रतियोगिताको सम्पूर्ण बसोबास र सवारीको खर्च साफले व्येहोर्ने छ। यसैगरी एन्फाले प्रतियोगिताको व्यवस्थापन सम्हाल्ने जिम्मा लिएको छ। एन्फाले यसअघिनै टिकटको सम्पूर्ण जिम्मा इसेवालाई सुम्पेको थियो। यस प्रतियोगिताको टिकट मूल्य साधारण प्यारापीट तर्फ रु २०० र भिआइपी तर्फ रु ५०० रहेको छ।

खेलको प्रत्यक्ष प्रसारण एपी वन टेलिभिजनले गर्नेछ।

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.