default_image

8 years ago

August 15, 2017

पुनरागमन सँगै रोहितको टोलीले अंक बाड़्यो

94 views

0 Bookmark

जाकार्ता (एजेन्सी)– पहिलो हाफमा दुई गोलले पछि परेको नेपाली मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकार्ताले दोस्रो हाफको पुनरागमन सँगै पार्साटुएन सेपाक्बोला माकासासँथ अंक बाढेको छ ।

इन्डोनेसियाको प्रथम श्रेणीको लिगमा घरेलु मैदानमा भएको खेलमा रोहितको टोलीले २–२ को बराबरी खेलेको हो । चोटका कारण अघिल्ला ४ मध्ये दुई खेल गुमाएका रोहितले मंगलबारको खेल पुरै खेलेका थिए । पाहुना टोली पिएसएमले डच मिडफिल्डर मार्क क्लकको पेनाल्टी गोल मार्फत २२ मिनेटमा अग्रता लिएको थियो । क्लक यसै सिजन स्कटिस लिगको डुन्डी युनाइटेडबाट पिएसएमसँग आबद्ध भएका हुन् ।

त्यस्तै अर्का डच मिडफिल्डर विजान प्लमको गोलमा ३२ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । प्लम डच क्लब भिटेसका पूर्व खेलाडी हुन् । उनले लगभग एक दशक डच लिगको शीर्ष श्रेणीमा खेलेका थिए ।

पहिलो हाफमा २–० ले पछि परेको पर्सिजाले दुई ब्राजिलियन फरवार्डले दुई मिनेटको बीचमा गोल फर्काएपछि रोहितको टोलीले खेलमा बराबरी गरेको थियो । डेब्युमा समेत गोल गरेका रेनाल्डो कोस्टाले ६२ औं र त्यसको २ मिनेटपछि ब्रुनो लपेसले पर्सिजालाई बराबरी गोल गरेका थिए । २० खेल पछि पर्सिजा ३२ अंकसँगै छैटौ स्थानमा छ भने ३५ अंक सहित पिएसएम चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको पर्सिपुराको १९ खेलमा ३७ अंक छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.