default_image

9 years ago

August 20, 2015

बिमलको ह्‍याट्रिकमा नेपाल बिजय

166 views

0 Bookmark

साफ यू १९ च्याम्पियनसिप

भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता

Bimal Gharti Magar

विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्‍याट्रिक पुरा गर्न सफल भए ।

नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ मिनट पश्यात सोनम तोग्बेले भुटानलाइ खेलमा बराबरीमा ल्याउन सफल भए ।

खेलको २९ र ६२ मिनटमा गोल गर्दै बिमलले आफ्नो ह्‍याट्रिक पुरा गरे ।   जित संसंगे नेपालले ३ अंक प्राप्त गर्न सफल भएको छ ।

नेपालले अर्को खेल बंगलादेश बिरुद्ध खेल्ने छ भने भोलिको खेल अफघानिस्तान र मल्दिवस बीच हुने छ ।

हाइलाईट्स

भुटान बिरुद्धको मेरो तिन नै गोलहरू | My Hat Trick goals again…भुटान बिरुद्ध मेरो तिन नै गोलहरू | सौजन्य Hamro KhelkudMy all hat trick goals against Bhutan.

Posted by Bimal Gharti Magar on Thursday, August 20, 2015

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.