default_image

7 years ago

August 15, 2017

डीबाला: मेरो भबिष्य युभेन्टसको हातमा

85 views

0 Bookmark

ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो ।

बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै  डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको र हाल आफु टूरिनमै खुसी भएको बताउछन् । उनि भन्छन,” म अहिले युभेन्टसको बारेमा मात्र सोच्छु र क्लबसंगको कुराकानीमा पनि क्लबले दिएको नयाँ जिम्मेवारी संगै अघि बढ्न चाहेको बताइसकेको छु ।”

२३ बर्षीय फरवार्डले युभेन्टसका लागि ९५ खेलमा ४४ गोल गरिसकेका छन् । अगिल्लो सिजन उनले सबै प्रतियोगितामा गरेर १९ गोल गरेका थिए ।

January 6, 2025

एन्फा महिला लिग एपिएफको सामना गर्दै वालिङ

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]

January 6, 2025

शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको बराबरी

एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा‌ रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अं‌क‌ दिलाएका हुन्। खेलमा‌ अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

Success

Thank you for your time.