8 years ago
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका प्रशिक्षक राजुकाजी शाक्यले हाम्रो खेलकुद डटकमलाई दिएको जानकारी अनुसार आज दिउँसो अभ्यासको अर्को सत्र पनि हुनेछ । शाक्यले भने,‘तयारी सन्तोषजनक छ । पहिलो खेलमा पनि खेलाडीले राम्रो प्रदर्शन गरे । टोलीमा कुनै खेलाडीलाई चोटको समस्या छैन । हामी भोलीको खेलमा केन्द्रित छौं ।’
एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि नेपाली टोली जापान पुगेको हो । जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।
नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले घरलु मैदानमा जेठमा गोलरहित बराबरी खेलेको थियो । ५ वटा अभ्यास खेलपछि टोली स्वदेश फर्कनेछ । प्रशिक्षक शाक्यले जापान भ्रमणले ताजकिस्तानसँगको खेलमा सफल नतिजाको आउने विश्वास गरेका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]