9 years ago
November 23, 2015
काठमाडौं, मंसिर ७ गते ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन गर्ने भएको छ ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टसहित नेपाली फुटबलको पछिल्लो अवस्था बारे जानकारी लिन मलेसियाबाट नेपाल आएका एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, एन्फा महासचिव धिरेन्द्र प्रधानबीच सोमबार भएको भेटमा सदस्य–सचिव विष्ट आफैले समितिको प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई भेटमा सहभागी सबैले समर्थन जनाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । दाहालका अनुसार केहि दिन भित्रै समिति बन्ने छ । समितिलाई सत्यतथ्य बुझी प्रतिवेदन पेश गर्न १ महिनाको समय दिइने छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटका दौरान थापाको आर्थिक अनियमितताका विषयमा जुन जुन निकायले छानविन गरिरहेको छ त्यसैलाई जिम्मेवारी दिने तथा एन्फालाई दीर्घकालीन रुपमा असर गर्ने नीतिगत निर्णय नगर्न सहमति भएको सदस्य–सचिव विष्टलाई उद्धृत गर्दै प्रेस सल्लाहकार दाहालले जानकारी गराए । क्यालेन्डर अनुसारको प्रतियोगिता सञ्चालन गर्न भने एन्फालाई रोक नलगाइने दाहालले जानकारी गराए ।
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]
April 29, 2025
एजेन्सी- च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुँदैछ। इमिरेट्स स्टेडियममा खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको आर्सनलको लागि यो महत्वपूर्ण खेल हुनेछ। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले यस प्रतियोगितामा सम्भवत सबैभन्दा बलियो टिम रियल मड्रिडलाई होम एण्ड अवे […]