default_image

7 years ago

August 14, 2017

रोनाल्डोले १२ खेल सम्म गुमाउन सक्ने

45 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगको खेलमा रेड कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोले रेफ्रीमाथि देखाएको आक्रोशको कारण उनले लामो समय प्रतिबन्धमा पर्ने सम्भावना बढेको छ। बार्सिलोनाविरुद्ध आइतबार खेलिएको खेलमा रोनाल्डोले २ मिनेटको अन्तरमा २ पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

ronaldo

सुपर कपको पहिलो लेगमा बार्सिलोनासँग उत्कृष्ट गोल गरेपछि आफ्नो जर्शी खोलेर खुशी मानाउँदा रोनाल्डोले पहिलो पहेलो कार्डको सामना गरे। त्यसको १ मिनेटपछि बार्सिलोनाको बक्समा लडेर पेनाल्टीको अपेक्षा गर्दा रिकार्डो डी बुर्गोस बेनगोएस्ताले उनलाई दोहोरो पहेलो कार्ड देखाए । प्रतिकारमा आक्रोशीत रोनाल्डोले रेफ्रीलाई धकेलेपछि उनीमाथी थप कारबाही हुने सम्भावना बढेको छ।

स्पेनिस फुटबल एसोसिएसनको नियम अनुसार रेफ्रीमाथी हात लगाउदा ४ खेलदेखी १२ खेलसम्म गुमाउने निश्चित हुन्छ । रेफ्री डी बुर्गोसले आफ्नो खेलपछिको प्रतिवेदनमा रोनाल्डोले धकेलेको पनि खुलाएका छन् , त्यसैले उनले सजाय पाउने लगभग पक्का छ ।, ‘रातो कार्डको सामना गरेपछि रोनाल्डोले मलाई असहमतिमा धकेले ‘ , रेफ्रीको प्रतिवेदनमा उल्लेख छ।

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

September 26, 2024

लिस्नु झरना रनिङशिल्ड सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली‌ बनेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा जानकारी प्रतियोगितामा बिहीवार भएको  पहिलो क्वाटरफाइनलमा  न्यु सिर्जना युथ क्लबलाई ३-१  पराजित गर्दै लिस्नु अन्तिम चारमा पुगेको हो । लिस्नु २ विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो […]

Success

Thank you for your time.