7 years ago
August 14, 2017
बार्सिलोना (एजेन्सी) – क्याम्प नोउमा भएको स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रियल म्याड्रिडले घरेलु टोलीलाई ३-१ले पराजित गर्यो। उक्त खेलमा रियलका लागि रोनाल्डोले रातो कार्ड पाएका थिए।
पहिलो रोजाइमा नपरेका कारण ५८औं मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८०औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लिएको थियो। रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो। उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए।
त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे। तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए। रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाएपछि रोनाल्डोले रेफ्रीलाई हातले पेलेका थिए। यसकारण उनले अझै बढी प्रतिबन्ध खेप्नुपर्ने सम्भावना बढेको छ।
रियलले रोनाल्डोको दोश्रो पहेंलो कार्डविरुद्ध अपिल गर्ने सम्भावना पनि रहेको छ। तर रेफ्रीलाई पेलेको कारण अनुशासनको कारवाहीमा पर्ने भएकाले उनले अर्को खेल गुमाउने सम्भावना प्रबल छ।
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]