default_image

8 years ago

August 13, 2017

रियल र बार्सिलोनाबीच सुपर कपको पहिलो लेग आज

113 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले आइतबार सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्दैछ । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् ।

शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए । कन्फेडेरेसन कपपछि रोनाल्डो लामो समय विदामा बसेका थिए । अघिल्लो साता म्यानचेस्टर युनाइटेडविरुद्धको युइएफए सुपर कपको फाइनलमा मात्र ७ मिनेट मात्र उत्रेका थिए । सुपर कप रियलले २–१ ले जितेको थियो ।

आइतबारको खेलअघि रोनाल्डोले छोरीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एल क्लासिकोका विषयमा रियलका प्रशिक्षक जिनेदिन जिदानले भने,‘रोनाल्डोले ती दिन देखि मात्र अभ्यास गरेका छन् । तर पनि उनी ठिक छन् र हामी आइतबारको खेलका बारेमा सोचिरहेका छौं ।’

मंगलबार युनाइटेडलाई हराएपछि जिदानले यो सिजन बढी भन्दा बढी सफलताका लागि प्रयास गर्ने बताएका थिए । ‘हामीसँग टोलीमा एक सय एक प्रतिभावान खेलाडी छन् ’ जिदानले भनेका थिए, ‘हामी एकदम भोकाएका छौं । हामी बढी भन्दा बढी उपाधि जित्न चाहन्छौं ।’

गेराथ बेलको सरुवाका बारेमा अनेक शंका गरिएपनि उनी युनाइटेडविरुद्धको खेलमा उत्रिएका थिए । बेलको सरुवाका बारेमा सबैभन्दा बढी चर्चा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले गरेका थिए । टोलीका मिडफिल्डर इस्कोले हालै क्लबसँग नयाँ सम्झौता गरेका थिए ।
शनिबार

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.