8 years ago
August 12, 2017
एभर्टन (एजेन्स)– वायन रुनीले एभर्टन पुनरागमनमा सुखद सुरुआत गरेका छन् । उनका गोलमा इङ्लिस प्रिमियर लिगमा आज एभर्टनले स्टोक सिटीलाई १–० ले हराएको छ । प्रिमियर लिगमा रुनीको त्यो १ सय ९९ औं गोल हो ।
घरेलु मैदानमा एभर्टनले पहिलो हाफमा मात्र दुईवटा आक्रमण गरेको थियो । तर पहिलो हाफको इन्जुरी समयको पहिलो दोस्रो मिनेटमा रुनीले हेडरमार्फत गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । उनले डोमिनिक कल्र्भेट लेविनको क्रममा रुनीले हेड गरेका हुन् ।
सन् २००४ मा म्यानचेस्टर युनाइटेड पुगेका रुनी १३ बर्षपछि यो सिजन एभर्टन फर्केका थिए । ३१ वर्षे रुनीले गोल गरेपछि पछिल्लो पाच बर्षयता पहिलो पटक एभर्टनले पहिलो खेल जितेको छ ।
शनिबारका अन्य खेलमा ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको चेल्सी बर्नलीसँग ३–२ ले निराश हुँदा वार्टफोर्ट र लिभरपुलले ३–३ तथा साउथह्याम्टन र स्वान्सीले गोलरहित बराबरी खेले । हर्डरफिल्डले क्रिस्टल प्यालेसलाई ३–० र वेस्ट ब्रुमबीचले बोर्नमाउथलाई १–० ले हरायो ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]