8 years ago
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर रोहित चन्द फर्केको खेलमा आइतबार उनको टोली पर्सिजा जकार्ताले जित हासिल गरेको छ । इन्डोनेसियाको लिग वनमा आज पर्सिजाले घरेलु मैदानमा पेरिसिबा बालिपापनलाई २–० ले हराएको हो ।
दुई साताअघि पहिलो रोजाइमा परेपनि वार्म अपका दौरान गोलीगाँठामा चोट लागेपछि रोहितले पछिल्ला दुई खेल गुमाएका थिए । आजको खेलमा भने उनी पहिलो रोजाइमा उत्रिए र ६३ औं मिनेटमा परिवर्तन भएका थिए । पर्सिजालाई जित दिलाउन रेनाल्डो कोस्टाले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । दोस्रो गोल बोर्नु लोपेसले ६० औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।
रोहितलाई चोट लागेको खेलमा पर्सिजाले भायांकारा सुरबयलाई १–० ले हराएको थियो । गत साता भने टोली बारिटो पुतेरासँग १–० ले नै पराजित भएको थियो ।
१८ खेलको समाप्तीमा रोहितको टोली २८ अंकसहित छैटौं स्थानमा छ । उनको टोलीले ७ जित ७ बराबरी र ४ खेलमा हार बेहोरेको छ ।
शीर्षस्थानको मादुरा युनाइटेडको ३५ अंक छ । रोहितको टोलीले मंगलबार पिएसएमसँग प्रतिस्पर्धा गर्नेछ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]