8 years ago
August 12, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले इङ्ल्यान्ड टोलीमा फर्कने मौका पाउने सम्भावना देखिएको छ । आउने दिनमा उनले उच्च प्रदर्शन गर्न सके अर्को बर्ष रसियामा आयोजना हुने विश्व कपमा टोलीमा समेटिने सम्भवना रहन सक्छ । टोलीका प्रशिक्षक गारेथ साउथगेटलाई प्रभावित गर्न सके उनको पुनरागमन हुन सक्नेछ । अहिले भने रुनी इङ्ल्यान्ड टोलीमा छैनन् ।
साउथगेट एभर्टनको बिहीबार हुने युरोपा लिग प्ले अफ हेर्न जाने योजनामा हुनु ३१ वर्षे रुनीका लागि सुखद खबर हुन सक्छ । रुनी यो सिजन म्यानेचस्टर युनाइटेडबाट एभर्टन पुगेका थिए । एभर्टनले बिहीबार हाज्डुक स्पिल्टको सामना गर्नेछ ।
साउथगेट आइतबार प्रिमियर लिगमा युनाइटेड र वेस्ट ह्यामबीच खेल हेर्न ओल्ड ट्राफोड जाने भएका छन् । गोलकिपर जो हार्ट खेल्ने सम्भावना रहेकोले उनको प्रदर्शन हेर्नका लागि साउथगेट त्यो खेल हेर्न जान लागेका हुन् । साउथगेटका सहायक स्टेभ होल्यान्डपनि उनीसँगै जाने बताइएको छ । होल्यान्ड चेल्सीका पूर्व प्रशिक्षक हुन् ।
म्यानचेस्टर सिटीका पूर्व गोलकिपर हार्ट सन् २०१६ यता पहिलो पटक प्रिमियर लिग खेल्ने तयारीमा छन् । साउथ गेटले एभर्टनका जोडर्न पिकफोर्ड, बनर्लीका टोम हेटोन र स्टोक सिटीका ज्याक बटल्यान्ड पनि यो सिजन साउथगेटको नजरमा पर्न सक्ने सम्भावना भएका खेलाडी हुन् ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]