8 years ago
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले नेपाली राष्ट्रिय फुटबल टोली जापान यात्राका लागि शुभकामना दिएका छन् । अर्को महिना घरेलु मैदानमा ताजकिस्तानसँग हुने एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दैछ ।
माल्दिभ्समा व्यवसायिक भूमिका निर्वाह गरिरहेका किरणले भनेका छन्,‘यो पटक म यात्रामा रहन सकिन । तयारीका लागि टोलीलाई शुभकामना दिन चाहन्छु । कुनै पनि मुख्य प्रतिस्पर्धा अघि मैत्रीपूर्ण खेलले टोलीको मनोबल बढाउँछ । यसपटक जापान यात्राले टोलीको मनोबल विगतमा भन्दा अझै उच्च हुने विश्वास लिएको छु ।’
पछिल्लो समय नेपाली टोली नियमित अभ्यासमा रहेकोले त्यसले ताजकिस्तानविरुद्ध सफल नतिजाको अपेक्षा गर्न सकिने बताए । ‘हाम्रो टोली नियमित तयारमा छ ’ एसियन कप छनोटअन्तर्गत यसअघि यमनसँगको खेलमा म्यान अफ दी म्याच प्रदर्शन गरेका किरणले अगाडि भने, ‘जापान भ्रमणले अझै राम्रो गर्न सक्छ, अहिले भएका कमजोरी सुधार गर्न यो महत्वपूर्ण भ्रमण हुन सक्छ । ’ नेपाल र ताजकिस्तानबीच भदौ २० गते प्रतिस्पर्धा हुनेछ ।
छनोटका यसअघिका दुई खेलमा नेपालले एक बराबरी र अर्कोमा हार बेहोरेको छ । १ सहित नेपाल समूह ‘एफ’को तेस्रो स्थानमा छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग चैतमा उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपिन्ससँग खेल्नुअघि कुनै मैत्रीपूर्ण खेल नखेलेको नेपालले यमनसँग अघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले जापान भ्रमणमा विश्वविद्यालय र क्लबसँग ५ वटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । टोलीका अर्का सदस्य रोहित चन्द पनि जापान भ्रमणमा छैनन् । उनी इन्डोनेसियामा व्यवसायिक जिम्मेवारी पुरा गरिरहेका छन् ।
किरणको टिसी स्पोर्टसले आज धिवेही प्रिमियर लिग (डिपिएल) मा कुन्दाउभादोको सामना गर्दैछ । किरणको टोली माल्दिभ्स लिगबाट शीर्ष चारमा पर्दै डिपिएलका लागि छनोट भएको थियो ।
यद्दपी टोलीले अगस्ट ५ मा न्यू रेडियन्टसँगको खेल ३–१ ले गुमाएको थियो । किरणले आजको खेलमा भने सफल नतिजाको अपेक्षा राखेका छन् । डिपिएलमा आठ टोली छन् । ग्रिन स्ट्रिट्स ६ अंकका शीर्षस्थानमा छ । अंक विहिन टिसी स्पोर्टस सातौं स्थानमा छ । कुन्दाउभादो पुछारमा रहेको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]