default_image

8 years ago

August 12, 2017

आर्सनलको रोमाञ्चक जित : पहिलो खेलमै ७ गोल

101 views

0 Bookmark

लण्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा आर्सनलले लेस्टरलाई ४-३ले पराजित गरेको छ। २ पटक पछाडी परेको स्थितिलाई उल्टाउँदै आर्सनलले ३ महत्त्वपूर्ण अंक जोडेको हो।

एमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोली आर्सनलले लिएको थियो। यसै ट्रान्सफर विन्डोमा क्लब आएका फ्रान्सेली फरवार्ड एलेक्जेन्डर लाकाजेटले दोश्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले मोहमद एल्नेनीको क्रसमा हेडरमार्फत गोल गरेका थिए। तर, त्यसको ३ मिनेट नबित्दै लेस्टरका लागि सिन्जी ओकाजाकीले बराबरी गोल फर्काए। मगाएरले हेडरमार्फत दिएको पासमा ओकाजाकीले पनि हेडरबाटै गोल गरेका थिए।

त्यसपछि केहि आक्रमक देखिएको लेस्टरले जेमी भार्डिको गोलमा अग्रता लियो। २९औं मिनेटमा मार्क अलब्राइटनको क्रसलाई सदुपयोग गर्दै उनले पाहुना टोलीलाई अग्रता दिलाए। तर, पहिलो हाफको इन्ज्युरी समयको अन्त्यमा ड्यानी वेलबेकले आर्सनललाई खेलमा फर्काए। उनले भर्खरै क्लबमा आएका सियाड कोलासिनाचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। डिफेन्सको गल्तिको फाइदा उठाउँदै उनले खाली पोष्टमा गोल गरेका थिए।

दोश्रो हाफको ५६औं मिनेटमा रियाद माहरेजको कर्नरमा भार्डीले हेडर मार्फत गोल गरेपछि लेस्टरले दोश्रोपटक अग्रता लियो। तर, ३ मिनेटको अन्तरमा २ गोल गरेपछि आर्सनलले पुन: खेलमा अग्रता लियो। ८३औं मिनेटमा ग्रानिट झाकाको उत्कृष्ट  पासमा आरोन राम्जीले गोल गर्दै खेल ३-३को स्थितिमा ल्याए। त्यसको २ मिनेटमै झाकाकै पासमा ओलिभिएर जिरुडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। जिरुडले झाकाको कर्नरमा हेडर मार्फत गोल गरेका थिए।

खेलमा थप गोल हुन नसकेपछि घरेलु टोली आर्सनलले सिजनको पहिलो खेलमै ३ अंक जोड्न सफल रह्यो। मुख्य खेलाडी एलेक्सीस स्यान्चेज चोटका कारण खेलेका थिएनन्। च्याम्पियन्स लिगमा छनोट हुन नसकेको आर्सनल यसपटक भने शीर्ष ४मा अटाउने लक्ष्य राखेको छ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.