default_image

8 years ago

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान उड्यो

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका २४ खेलाडीसहित ३० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली आज राती जापान उडेको छ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ ।


एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाउन लागेको हो । एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैैछ । आइतबार देखि भदौ ३ गते सम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

नेपालले गाम्बा ओसाका यू २३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी साउनको पहिलो साताबाटै सुरु भएको थियो ।

अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ ।

फिलिपिन्ससँग चैतमा उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपिन्ससँग खेल्नुअघि कुनै मैत्रीपूर्ण खेल नखेलेको नेपालले यमनसँग अघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

व्यवसायिक खेलका क्रममा माल्दिभ्समा रहेका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियामा रहेका रोहित चन्द जापान भ्रमणमा छैनन् ।

जापान जाने नेपाली टोली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ,
मिडफिल्डर – हेमन गुरुङ, अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर
प्रशिक्षक – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक), रोशन तुलाधर (दोभाषे)
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.