default_image

8 years ago

August 11, 2017

नेपाल लक्षित गरेर नया फ्यान्टसी एप

113 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)– फुटबल मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर हुने विभिन्न गतिविधिले गर्दा पनि लोकप्रिय छ । फुटबलप्रेमी समर्थकहरु फुटबलसँग सम्बन्धित लगभग सबै कुरामा निकै चासो दिइरहेका हुन्छन् । चाहे त्यो फुटबलका समान होस् या कम्प्युटर वा मोबाइलमा खेलिने खेल किन नहोस, समर्थकहरुको त्यसमा पनि छुट्टै लगाव रहने गर्दछ ।

fantasy

विगत २ दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पिइएसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबल प्रेमीहरु पनि अछुतो छैनन् । तर, ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने घटनामा आधारित रहेर खेलिने ‘फ्यान्टसी फुटबल’ले केही वर्षदेखि नेपाली फुटबल प्रेमीहरु माझ निकै लोकप्रियता बनाईरहेको छ ।

सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा आ–आफ्नो देशमा भित्र्याए । त्यसको ५५ वर्षपछि बितिसक्दा, अहिले भने यो खेलले विश्वभरी नै ठूलो बजार ओगट्दै छ । शब्दकोशमा फ्यान्टसीको अर्थ कल्पना भनेर पढिन्छ र यस खेलमा पनि वास्तविक खेलाडीहरुलाई आफ्नो काल्पनिक टोलीमा राखिन्छ र ती खेलाडीहरुको वास्तविक प्रदर्शनमै आफ्नो काल्पनिक टोलीको अंक प्रदान गर्ने गरिन्छ ।

फ्यान्टसी खेलहरुमध्ये सबैभन्दा लोकप्रिय भने इङ्लिस प्रिमियर लिग (इपिएल)मा आधारित खेल ‘फ्यान्टसी प्रिमियर लिग’ (एफपिएल) हो । विश्व फुटबल जगतमा प्रिमियर लिगको ठूलो समर्थन र लोकप्रियताको कारण नेपाललगायत विश्वभर एफपिएलको रौनक छाइरहेको बुझ्न सकिन्छ । २००२/०३को सिजनदेखि सुरु भएको यो खेल गत साल मात्र विश्वभरका ४० लाखभन्दा बढी तथा नेपालका ३५ हजारभन्दा बढी मानिसहरुले खेलेका थिए ।

हुन त विश्वकप, युरो कप र च्याम्पियन्स लिगका पनि आ–आफ्नै फ्यान्टसी खेल हुने गर्छन् । तर, ती फ्यान्टसी खेलले एफपिएलजस्तो प्रभाव भने जमाउन सकेको पाइँदैन ।

यसैगरी नेपालका ‘फ्यान्टसी प्रिमियर लिग’का खेलाडी सौरभ घिमिरेले पनि छुट्टै फुटी फ्यान्टसी नामक एन्ड्रोइड एप लिएर आएका छन् । उनले नेपाली फ्यान्टसी खेलाडीहरुलाई थप उत्साहित बनाउन यो एप लिएर आएको हाम्रो खेलकुदलाई जानकारी दिए । यसैवर्ष फ्यान्टसी नेपाल नामक वेवसाइट एक हप्ता अगाडि नै बजार आइसकेको छ । दुवै फ्यान्टसीका छुट्टाछुट्टै एपले आफ्नो खेलका विजेताहरुलाई साप्ताहिक, मासिक र वार्षिक रुपमा पुरस्कार दिने घोषणा गरेका छन् । यो फुटी फ्यान्टसी निम्न दिएको लिंकमा गएर डाउनलोड गर्न सकिनेछ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.