default_image

8 years ago

August 11, 2017

प्रिमियर लिग आजबाट सुरु हुँदै

73 views

0 Bookmark

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्।

स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल पेनाल्टी सुटआउटमा जितेको थियो र त्यसै जितको सिलसिलालाई यस खेलमा पनि निरन्तरता दिने सुरमा हुनेछ। आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले यस सिजन प्रिमियर लिगकै उत्कृष्ट सिजन हुने दाबी गरे। उनले यसपटक ७ क्लबले उपाधि जित्ने दावेदारी प्रस्तुत गर्ने बताए। गत सिजन शीर्ष ४ मा रहेका क्लबसँगै आर्सनल, म्यानचेस्टर युनाइटेड र एभर्टन उपाधिको लागि सक्षम रहेको बताए।

यता लेस्टरले ट्रान्सफर विन्डोमा ३ खेलिद भित्र्याएर आफ्नो टोलीलाई थप मजबुत पारेको छ फरवार्ड केलेची इहेनाचो, डिफेन्डर ह्यारी मगाएर र मिडफिल्डर भिसेन्टे इबोर्राको आगमनसँगै टोली थप मजबुत भएको छ तीनै खेलाडीले आर्सनल विरुद्धको खेलमा खेल्ने अपेक्षा गरिएको छ इहेनाचो भने पछिल्लो खेलमा घाइते भएकाले पुरा ९० मिनेट खेल्न सक्नेमा शंका छ

यता आर्सनलली यसी ट्रान्सफरमा भित्र्याएका फरवार्ड एल्क्जेन्दर लाकाजेट र डिफेन्डर सियाद कोलासिनाच पनि टोलीमा रहनेछन्। लाकाजेटले प्रि सिजनमा राम्रो प्रदर्शन गरेका छन् भने कोलासिनाचले गत साताको कम्युनिटी सिल्डमा बराबरी गोल गरेका थिए। वेंगरले यस पटक टोलीको प्रि सिजन राम्रो रहेकाले सुरुवात पनि त्यस्तै रहने विश्वास व्यक्त गरे।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.