8 years ago
August 11, 2017
बार्सिलोना (एजेन्सी)– नेयमारको बर्हिमगनसँगै बार्सिलोनामा केही परिवर्तन ल्याउने प्रयास स्वरुप बोरुसिया डर्टमन्डबाट ओसमाने डेम्बेलेलाई भित्राउने तयारी थालेको छ । डेम्बेलेलाई लियोन मेस्सी र लुइस स्वारेजसँग अग्रपक्तिमा उतार्नका लागि बार्सिलोनाले ल्याउने तयारी गरिएको बताइएको छ ।
स्पेनिस महारथीले रणनीतिक रुपमा सरुवा बजारको उपोग गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्भेडे मोनाकोबाट केलियन बाप्पे र चेल्सीबाट इडन हार्जाडलाई लिन चाहि रहेका छन् । बाप्पेलाई भित्राउने प्रयास छाडेको रियल म्याड्रिडले डेम्बेलेलाई लिन बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।
डेम्बेले गत सिजन डर्टमन्डका लागि १० गोल गरेका थिए । जर्मन क्लबले उनका लागि १ सय ३५ मिलियन पाउन्ड माग गर्न सक्ने बताइएको छ । रेनेसबाट डर्टमन्डले उनलाई १५ मिलियन पाउन्डमा भित्राएका थियो । रियलले आफ्नो निकटको सम्बन्ध रहेका एजेन्ट माउसा सिसोकोमार्फत डेम्बेलेलाई भित्राउन प्रयास गर्ने अनुमान गरिएको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]