default_image

8 years ago

August 10, 2017

प्रर्दशनमा सुधार आउने कप्तान अनिलको विश्वास

88 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे ।

विदाई कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत मासासी ओगावाले जाइकाको विभिन्न कार्यक्रम अन्र्तगत नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा अभ्यास खेल र अभ्यासको लागि अवसर पाएको बताए । राजदुत मासासीले खेलमा हार जित स्वभाविक भएको बताउदै जापानको विभिन्न टोलीलाई जितेर आउन शुभकामना दिए । यस्तै राजदुत मासासीले जापानमा १० दिन सम्म सिकेको ज्ञानलाई एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानविरुद्ध उत्कृष्ट खेल खेल्दै जित्न शुभकामना व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशव कुमार विष्टले नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले विगत १७ महिनादेखि नेपाली राष्ट्रिय फुटबल टिमलाई निखार्दै आएको बताउदै जापान भ्रमणलाई थप फलदायी बनाउन आग्रह गरे । सदस्य–सचिव विष्टले जापानको अभ्यास र प्रशिक्षणले खेलाडीहरुमा मनोवल, क्षमता र अनुभवमा निखारता अझै आओस भन्ने शुभकामना व्यक्त गरे ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सन् २०१६ नेपाली फुटबलमा स्वर्णिम वर्ष रहेको स्मरण गर्दै नेपालको एएफसी एसियन कपको दोस्रो चरणको यात्रा अझै बाँकी रहेको बताए । अध्यक्ष श्रेष्ठले जापानको १० दिने अभ्यास र प्रशिक्षणले ताजिकिस्तानविरुद्धको खेलमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजीले आफु नेपाली टिमको प्रशिक्षक भएलगत्तै नेपाली टिमलाई जापानमा अभ्यास र प्रशिक्षणबारे जापान फुटबल फेडेरेसनसँग गरेको कुरा आज पुरा भएको बताए । ‘प्रशिक्षक भए लगत्तै आफ्नै देशमा प्रशिक्षणमा लैजाने योजना बुनेको थिए । आज त्यो पुरा भएको छ ।’ प्रशिक्षक कोजीले भने, ‘मेरा खेलाडीहरुले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापनिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ ।’ यस्तै प्रशिक्षक कोजीले जापानको प्रशिक्षण र अभ्यास दौरान सिकेका ज्ञान भदौं २० गते घरेलु मैदानमै हुने ताजिकिस्तानविरुद्धको खेलमा देखाउने बताए ।

राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले जापानको मैत्रीपूर्ण खेल र अभ्यासले टिमलाई फाइदा पुग्ने विश्वास लिए । उनले कुनैपनि प्रतियोगिता हुनुभन्दा अघि यस्तै मैत्रीपूर्ण खेल र अभ्यास गर्ने मौका पाए टिमले राम्रो नजिता दिन सक्ने समेत बताए । ‘अघिल्लो मैत्रीपूर्ण खेलमा नेपाल दक्षिण एसियाली स्तरका राष्ट्र र अरेबियन मुलुकका केही देशहरुसँग खेल्ने मौका पाएको थियो । अहिले जापानजस्तो राष्ट्रमा प्रशिक्षण र क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएका छौं ।’ कप्तान अनिलले भने, ‘यसले टिमको प्रदर्शनमा पक्कै पनि सुधार ल्याउनेछ ।’ नेपाली राष्ट्रिय टिमले जापानमा १० दिनसम्म रहँदा पाँच अभ्यास खेल र जापनिज लिग (जे लिग) को प्रशिक्षण र लिगका खेलको अवलोकन गर्नुका साथै प्रशिक्षण पनि गर्नेछ ।

नेपालले साउन २९ देखि भदौ ३ गते सम्म विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू–२३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह ‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ भने ४ अंकसहति यमन दोस्रो स्थानमा छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.