8 years ago
August 10, 2017
पेरिस (एजेन्सी)– नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राइसकेको फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्का स्ट्राइकरलाई ल्याउने तयारीमा जुटेको छ । पिएसजीले फ्रान्सेली सनसनी केलियन बाप्पेलाई मोनाकोबाट किन्ने प्रयास सुरु गरिसकेको बताइएको छ । बार्सिलोनाबाट नेयमार ल्याउन पिएसजीले १ सय ९८ मिलियन पाउन्ड खर्चेको थियो ।
गत सिजन सोचे अनुरुपको सफलता हात पार्न नसकेपछि पिएसजी यो सिजन आक्रमक रुपमा प्रस्तुत हुने तयारीमा देखिएको छ । पिएसजीअघि लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, बार्सिलोना, रियल म्याड्रिडले पनि बाप्पेमाथि चासो देखाएका थिए । तर, बाप्पे फ्रान्समै बस्ने सम्भावना बढेर गएको बताइएको छ ।
पिएसजीले १ सय ६२ मिलियन पाउन्डमा बाप्पले लिन सक्ने बताइएको छ । प्रि सिजनका दौरान पिएसजीका प्रशिक्षक युनिया इमिरी र बाप्पेका एजेन्ट जर्ज मेन्डिसबीच भेट भएको बताइएको छ ।
कतारी मालिक रहेको पिएसजीले यदि बाप्पेसँगको सम्झौता सफल भएको खण्डमा तीन स्ट्राइकर नेयमार, काभानी र बाप्पेका लागि ४ सय ५० युरो भन्दा बढी खर्चनेछ । यसैबीच, सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि बाप्पेलाई भित्राउन हरसम्भव प्रयास गरिरहेको बताइएको छ । रियलले पनि उनीमाथिको चासो हटाइसकेको छैन ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]