default_image

8 years ago

August 10, 2017

फिला अब नेपालमा

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको विभिन्न सामग्रीहरु उत्पादन गर्ने चर्चित इटालियन ब्राण्ड फिलाले आफ्नो व्यवसाय नेपालमा शुरु गरेको छ। राजधानीको दरबारमार्गमा अवस्थित फिला सोरुमको उद्घाटन नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले बिहिबार उद्घाटन गरे।

इटालीको चर्चित ब्राण्ड फिला नेपालमा ल्याउने काम स्पोर्टस् प्लाजा प्रालिले गरेको हो। हाल नेपालमा एडिडास, नाइकी र पुमा लगायतको चर्चित ब्राण्डले आफ्नो उत्पादनको बिक्री गरिरहेको छ।

फिला ब्राण्डको स्थापना सन् १९०९ मा भएको हो। सन् १९७० देखि फिलाले खेल सामग्रीहरु पनि उत्पादन गर्न थालेको थियो । उद्घाटनको अवसरमा फिलाले आफ्नो उत्पादनको सामग्री खरिदमा भारी छुट समेत प्रदान गरको छ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.