8 years ago
August 10, 2017
लन्डन (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्कोलाई सन् २०१३ मा भित्राउने मौका भएपनि म्यानचेस्टर युनाइटेडले अस्वीकार गरेको खुलासा भएको छ । इस्कोको टाउको आकारका कारण युनाइटेडले उनलाई लिन अस्वीकार गरेको बताइएको छ ।
युनाइटेडविरुद्ध मंगलबार भएको सुपर कप फाइनलमा रियलले २–१ को जित हासिल गर्दा इस्कोले नै निर्णायक गोल गरेका थिए । २०१३ मा इस्को रियलमा आबद्ध हुनुअघि भने युनाइटेडले उनलाई अस्वीकार गरेको हाइन ।
मार्काको समाचार अनुसार इस्कोले मालागामा उच्च प्रदर्शन गरिरहँदा युनाइटेड जाने सम्भावा बढेको थियो । इस्कोको प्रदर्शनबाट युनाइटेड प्रभावित भएपनि शरीरिकको दाँजोमा उनको टाउकोको आकार ठूलो भएकोले अस्वीकार गरेको बताइएको छ ।
होचा कदका इस्कोले प्रिमियर लिगको चुनौतिलाई आत्मसात गर्न कठिन हुने युरोपा लिग विजेताको बुझाई रहेको उल्लेख गरिएको छ । तर, यति बेला इस्को विश्वकै उत्कृष्ट एट्याकिङ मिडफिल्डरका रुपमा स्थापित भइसकेका छन् ।
जिनेदिन जिदानको टोलीमा अहिले २५ वर्षे खेलाडी महत्वपूर्ण सदस्य बन्न सफल भएका छन् । गेराथ बेलको सट्टा च्याम्पियन्स लिग फाइनलमा पनि इस्कोले मौका पाएका थिए । रियलका लागि १ सय ९० खेल खेलिसकेका इस्कोले तीन वटा च्याम्पियन्स लिग, एउटा ला लिगा र एउटा कोपा डेल रे उपाधि जितिसकेका छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]