8 years ago
August 10, 2017
म्यासेडोनिया (एजेन्सी)– म्यानचेस्टर युनाइटेडलाई विगतकै जस्तो सफलता दिलाउने बाटोमा प्रशिक्षक जोसे माउरिन्हो रहेको रियल म्याड्रिडका गेराथ बेलले बताएका छन् । माउरिन्होले यो सिजन बेललाई क्लबमा भित्राउन चाहेका थिए । सुपर कप फाइनलमा युनाइटेडलाई रियलले २–१ ले हराएपछि बेलले भने युनाइटेड च्याम्पियन्स लिगमा बलियो रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
रियलमा बेलको भविष्यका बारेमा शंकालाई चिर्ने क्रममा प्रशिक्षक जिनेदिन जिदानले बेललाई पहिलो रोजाइमा उतारेका थिए । रियलमा बेलको यो पाँचौ सिजन हो । युनाइटेड फेरी चुनौतिका रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्ने क्रममा बेलले भने,‘मलाई लाग्छ उनीहरु चुनौति दिने अवस्थामा पुगेका छन् । त्यो माउरिन्होका कारण सम्भव भएको हा । उनले टोलीको मनोबल उच्च पारेका छन् ।’
पछिल्लो सिजनमा माउरिन्होले दिलाएको सफलताको चर्चा गर्दै बेलले थपे, ‘पछिल्लो बर्ष उनले केही उपाधि पनि जिते । मलाई लाग्छ युनाइटेड फेरी पुरानै अवस्थामा फर्कने क्रममा छ । युनाइटेडले चुनौति दिन नसक्ने कुनै कारण मैले देखेको छैन । उनीहरुसँग उत्कृष्ट प्रशिक्षक छन् ।’
माउरिन्होले फुटबलमा सबै चिज गरिसकेको उल्लेख गरे । ‘कसरी टोलीलाई तयार पार्नु पर्दछ र कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने उनलाई राम्ररी थाहा छ’ बेलले भने, ‘उनीहरुले राम्रो गरिरहेका छन् । हामीलाई खेलमा उनीहरुले समस्या दिएका थिए । मलाई विश्वास छ युनाइटेडले यो सिजन उच्च प्रदर्शन गर्नेछ ।’
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]