default_image

8 years ago

August 10, 2017

मेस्सीको मुस्कान

64 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– युरोपियन क्लबका अधिकांश खेलाडी प्रि सिजन अभ्यासमा व्यस्त रहे । व्यस्तताका बीचमा पनि बार्सिलोनाका स्टार लियोन मेस्सीले परिवारका लागि समय निकालेका छन् । मेस्सीले पौडी पोखरी नजिक श्रीमती एन्टोनेला रोकुजोसँग तस्बिर खिचाएका छन् । उनीहरुले केही महिना अघि विवाह गरेका थिए ।


मेस्सीले श्रीमतीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एकदम खुसी देखिएका मेस्सीले नयाँ सिजनमा पनि पुरानै लयमा देखिने संकेत पनि गरिसकेका छन् । उनले यहि साता गोल गरिसकेका छन् । प्रि सिजनको सोमबार भएको अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाले ब्राजिलियन टोली चापेकोएन्सीलाई ५–० ले हराउँदा मेस्सीले पनि गोल गरेका थिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.