8 years ago
August 10, 2017
बार्सिलोना (एजेन्सी) – इङ्गलिस प्रिमियर लिगको क्लब लिभरपुलले मिडफिल्डर फिलिप कौटिन्होका लागि स्पेनिस क्लब बार्सिलोनाले गरेको १ सय मिलियन युरोको प्रस्ताव अस्विकार गरेको छ। बार्सिलोनाले प्रस्ताव राखेको छोटो समयमै लिभरपुलले उक्त प्रस्ताव अस्विकार गरेको हो।
प्रस्तावका अनुसार ८५ मिलियन युरो ट्रान्सफरमा दिने र बाँकी १५ मिलियन कौटिन्होका प्रदर्शनका आधारमा बोनसमा दिइने जनाइएको थियो। यसअघि पनि बार्सिलोनाको २ पटकको प्रस्तावलाई बार्साले नकारेकोट हियो। तर, लिभरपुलले भने आफ्नो स्टार खेलाडीलाई बारम्बार नबेच्ने भन्दै आएको छ। नेयमार विश्व कीर्तिमानी रकममा पेरिस पुगेपछि बार्सिलोनालाई थप दबाब पारेको छ।
सन् २०१३मा इन्टर मिलानबाट लिभरपुल आएका कौटिन्होले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनलाई भित्र्याउन त्यस समयमा लिभरपुलले ८.५ मिलियन पाउण्ड तिरेको थियो। गत सिजन १४ गोल प्रहार गरेका कौटिन्होले जनवरीमा नयाँ सम्झौता गरेका थिए। उनले गरेको पाँच वर्षको नयाँ सम्झौतामा रिलिज क्लज राखिएको छैन।
पछिल्लो पटक बार्सिलोनाले ८० मिलियन युरोको प्रस्ताव राख्दा प्रशिक्षक योर्गेन क्लपले आफ्नो क्लब ‘खेलाडी बेच्ने क्लब’ नरहेको दाबी गरेका थिए। उनले सिजनको सुरुवातअघि क्लब राम्रो स्थितिमा रहेको र त्यसलाई परिवर्तन गर्नेबारे कुनै सोच नरहेको बताए।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]